देश

चितवनमा रविका समर्थक र प्रहरीबीच झडप

चितवन, भदौ ८ –चितवनमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेकी अस्मिता कार्कीको बयान आज सकिएको छ । रवि र युवराज कँडेलको बयान भोलि (सोमबार) १० बजेपछि हुनेछ ।

बयान नसकिएका कारण रविसहित तीनै जना आजपनि हिरासतमै रहने भएपछि रविका समर्थकले नाराबाजी गरिरहेका थिए । प्रहरीले भीड नियन्त्रणका लागि करिब ३र४ सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनका बिच रविसहित तीनै जनालाई अर्को गेटबाट भित्र लगेको छ । अहिले स्थिति सामान्य रहेको छ ।