देश मनोरंजन

डिसहोम रियालिटी टीभी च्यानलमा ‘बेस्सरी हाँसौँ’ कार्यक्रम

काठमाडौं, २७ पुस-डिसहोमको रियालिटी टीभी च्यानल १०२ ले अब स्ट्याण्डअप हास्य कार्यक्रम ‘बेस्सरी हाँसौँ’ हरेक मंगलबार राति ८ः३० बजे प्रसारण गर्ने भएको छ ।

कार्यक्रमको पहिलो भाग यही पुस २८ गते प्रसारण हुने कम्पनीले जानकारी दिएकाे छ । यसकाे पुन: प्रसारण कमेडी प्लस च्यानलमा पनि हेर्न सकिने बताइएकाे छ ।

डिशमिडिया नेटवर्कका लागि पायोनियर मिडियाले उत्पादन गरेको ‘बेस्सरी हाँसौँ’मा गणेश राई, विश्वजित देउजा, सारा अधिकारी, सोमराज रावललगायत अन्य हास्य कलाकारहरूकाे प्रस्तुति हेर्न सकिने डिसहाेमले जनाएकाे छ ।

Featured