देश

जोत्दै गरेको ट्याक्टर पल्टिँदा खेतको आलीमा बसिरहेका युवकको मृत्यु

जनकपुर, भदौ ८–महोत्तरीको बर्दिवास नगरपालिका ४ वरडाँडामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ वर्षीय बुद्धबहादुर सिंह रहेको प्रहरीले जनाएको छ ।

खेत जोत्दै गरेको ना५ त ६९५३ नम्बरको ट्याक्टर पल्टिँदा खेतको आलीमा बसिरहेका सिंहलाई किचेको थियो ।  दुर्घटनामा गम्भीर भएका सिंहको बर्दिवासस्थित सिटी केयर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । सिन्धुली घर भएका चालक चन्द्रबहादुर जीम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।