देश

सत्यम् कृषि बहुउद्धेश्यीय सहकारीको ११ औँ साधारण सभा सम्पन्न

विराटनगर, भदौ ८–विराटनगरस्थित सत्यम् कृषि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । आइतबार विविध कार्यक्रम आयोजना गर्दै सो सहकारीको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष गंगाप्रसाद यादवले आर्थिक बर्ष २०७५÷७६ को बार्षिक प्रतिवेदन र २०७६÷७७ को निति तथा कार्यक्रम प्रस्तुत गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष यादवले सत्यम सहकारीले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न नयाँ–नयाँ कार्यक्रम ल्याएको बताए । सो अवसरमा असल बचतकर्ताको रुपमा शेयर सदस्य शारदा पौडेल र असल ऋणिकारुपमा कोपिला शंकरलाई नगदसहित पुरस्कृत गरिएको थियो । यसैगरि प्लट टूमा अब्बल नतिजा ल्याउने विद्यार्थी काजलकुमारी गोइतलाई समेत नगदसहित पुरस्कृत गरिएको थियो ।

विराटनगर–३ का वडाध्यक्ष बिनोदकुमार बस्नेतले उनीहरुलाई पुरस्कार प्रदान गरे । कार्यक्रमका सहभागि सो सहकारीका पदाधिकारी तथा सदस्यहरुले नजिकिदो तीजलाई मध्यनजर गरेर तीज बिशेष गीतमा नृत्यगर्दै मनोरञ्जन गरेका थिए । सो सहकारीको कुल पुंजी १ करोड ५५ लाख र ३ सय बढी शेयर सदस्य रहेको जनाइएको छ । सो सहकारीमा अधिकांशरुपमा बित्तिय संस्था र विभिन्न सरकारी क्षेत्रबाट सेवा निवृत भएका ब्यक्तिहरु शेयर सदस्य रहेका छन ।

Featured