विदेश

जेफ बेजोसलाई उछिनेर विश्वकै धनी बने एलन मस्क

एजेन्सी, २४ पुस-अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै एलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्ला र स्पेसएक्सका उद्यमी मस्कको कुल सम्पत्ति १८८ बिलियन डलरभन्दा बढी रहेको छ ।

विद्युतीय कार कम्पनीको सेयर मूल्यमा निरन्तर वृद्धि भएसँगै उनको सम्पत्ति बढेको हो । अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति १८७ बिलियन डलर रहेको छ । ब्लूमबर्गले जारी गरेको सूचीमा ५ सय बढी अर्बपतिको नाम समावेश गरिएको छ ।

बेजोस सन् २०१७ मा बिल गेट्सलाई पछि पार्दै अर्बपतिको सूचीको पहिलो नम्बरमा आएका थिए । सन् २०२० मा उनले १५० बिलियन सम्पत्ति वृद्धि गर्न सफल भएका छन् ।

दक्षिण अफ्रिकामा जन्मिएका इन्जिनियर एलन मस्क टेस्लाको सेयरका कारण विश्वकै धनी व्यक्ति बन्न सफल भएका हुन् । यस्तै उनको स्पेसएक्समा करिब १४ बिलियन डलर बराबरको हिस्सेदारी छ ।

Featured