विदेश

ह्वाइट हाउसद्वारा संसदमा भएको हिंसात्मक हमलाको निन्दा

एजेन्सी, २४ पुस-अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले क्यापिटल बिल्डिङमा भएको हिंसात्मक हमलाको निन्दा गरेकी छन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली म्याकल्नीले अमेरिकी संसदमा भएको सशस्त्र हिंसाको निन्दा गरेकी छन् ।

उनले भनिन्, ‘सिंगो व्हाइट हाउसका तर्फबाट म यो घटनाको कडा निन्दा गर्दछु ।’उनले यो घटनालाई ‘भयावह, निन्दनीय र अमेरिकी संस्कार विपरीत’ भएको समेत बताएकी छन् ।

यद्यपि उनले सञ्चारकर्मीहरुको प्रश्नको जवाफ भने नदिइ आफ्ना कुरा राखेर हिँडेकी थिइन् । हिंसात्मक घटनापछि राष्ट्रपति ट्रम्प बिहीबार दिनभर कुनै सार्वजनिक कार्यक्रममा उपस्थित भएनन् । उनका ट्विटर, फेसबुक र इन्स्टाग्रामका खाता समेत लक गरिएको छ ।

Featured