देश

उच्च अदालत पोखराका न्यायाधीशको राजीनामा

काठमाडौं, भदौ ८–अन्तरिम आदेशका कारण विवादमा परेका उच्च अदालतका न्यायाधीशहरुले एकपछि अर्को गर्दै राजीनामा दिन थालेका छन् । गोर्खा ब्रुअरीको अन्तशुल्क सम्वन्धि बिवादमा बिवादास्पद अन्तरिम आदेश दिएका कारण छानविनको घेरामा रहेका उच्च अदालत पोखराका न्यायाधीश रामकृष्ण यादवले राजीनामा दिएका छन् ।

उनले न्यायपरिषदलाई स्पष्टीकरणसहित राजीनामासमेत वुझाएको परिषदले जनाएको छ । सो प्रकरणमा आदेश गर्ने अर्का न्यायाधीश जीवनहरि अधिकारीले भने यसअघिनै राजीनामा दिइसकेका छन् ।

दुवै न्यायाधीशको पदावधि ६ महिनापछि सकिदैछ । राजीनामा बुझाएका दुवै न्यायाधीशले अल्पकालीन अन्तरिम आदेश जारी गर्दा उपलव्ध प्रमाण र यसअघि सर्वोच्च अदालतले जारी गरेका अन्तरिम आदेशलाई आधार बनाएको दावी गरेका छन् ।

न्यायपरिषदमा सोही व्यहोराको राजीनामा बुझाएपछि उनीहरुले केही दिनको अन्तरालमा राजीनामा बुझाएका हुन् । सो प्रकरणमा अर्का न्यायाधीश नर बहादुर शाहीपनि परिषदको छानविनको घेरामा छन् ।