Uncategorized

संसद् विघटनबारे प्रधानमन्त्री : राजनीतिक विषयमा अदालत प्रवेश नगरोस्

काठमाडौं, १९ पुस-कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले संसद् विघटन राजनीतिक विषय भएकाले यस्ता राजनीतिक प्रश्न अदालतमा प्रवेश नगर्ने संवैधानिक अभ्यास रहेकाले रिट खारेज गर्न भनेका छन् । उनले आइतबार रिटमा लिखित जवाफ पठाउँदै भनेका छन्, प्रतिनिधिसभा विघटनगरी निर्वाचनमा जाने विषय नितान्त राजीतिक हो यस्ता राजीनिक प्रश्न अदालतमा प्रवेश नगर्ने संवैधानिक अभ्यास रहेको छ ।’

उनले यसअघि संसद विघटनसम्बन्धी विवादमा अदालतले आत्मसंयमता अपनाइ विवादको किनारा गर्ने गरेको न्यायिक अभ्यास रहेको उल्लेख गर्दै नेपाल अधिराज्यको संविधान २०४७ ले अंगिकार गरेको संसदीय शासन व्यवस्थाको अभ्यासको क्रममा पटकपटक प्रतिनिधसभा विघटन भएको र सोसम्बन्धी विवादहरू अदालतमा पुगी टुंगो लागेका उदाहरण पेस गरेका छन् ।

साथै उनले जवाफमा सरकारलई काम गर्न नदिएकोले बाध्यात्मक राजनीतिक परिस्थिति उत्पन्न भएपछि संसद् विघटन उल्लेख गरेका छन् । ‘वैकल्पिक सरकारको सम्भावनासम्म नभएको र सरकार सञ्चालनको वैधानिक अधिकारलाई गैरसंवैधानिक तवरले निरन्तर अवरोध भई सरकारलाई काम गर्न नदिएको अवस्थामा प्रतिनिधिसभा विघटन गर्नुपर्ने बाध्यात्मक राजनीतिक परिस्थिति आइपरेको हो’ उनले आज सर्वोच्चलाई पठाएको जवाफमा भनिएको छ ।

Featured