देश

दाङमा खुकुरी प्रहार गर्ने २ जना प्रहरी नियन्त्रणमा

दाङ, भदौ ८–दाङमा शनिवार एक युवालाई खुकुरी प्रहार गरि घाइते बनाउने दुई जना युवालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ।

घोराही–१५ को भ्याली कलेज नजिकै सोही स्थानका १८ वर्षीय त्रिशक्ति बर्तौलालाई सोही स्थानका २३ बर्षीय २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए।

घाईते बर्तौलालाई थप उपचारका लागि कोहलपुर पठाइएको शाहले बताए। केहि दिनअघि पनि एक जना युवामाथि दाङमा खुकुरी प्रहार भएको थियो।

Featured