देश

जहाजभित्रै चोरी गर्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं, भदौ ८-त्रिभुवन विमानस्थलमा जहाजभित्रै चोरी गरेको आरोपमा प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु रहेका छन्।

टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएका उनीहरुले जहाजभित्रै डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको प्रहरीले जनाएको छ। प्रहरीलाई खबर प्राप्त भएअनुसार शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनीहरुलाई चोरी भएको सुनको बाला दुई वटा र विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

घटनाको विषयमा महागनरीय प्रहरी वृत्त, गौशालाले विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ।