NRNA खबर

एनआरएन आईसीसी सचिवमा अधिकारीको उम्मेद्बारीको घोषणा

युएई, भदौ ८-गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा विनय अधिकारीले आगामी अक्टोबरमा काठमाडौँमा हुन लागेको नवौं सम्मेलनमा सचिव पदमा उम्मेद्बारीको घोषणा गरेका छन्।

गैरआवासीय नेपाली संघलगायत अन्य थुप्रै सामाजिक सघ संस्थामा आबद्ध रहँदै आएका अधिकारी गैर आवासीय नेपाली संघ एनआरएनए यूकेको २०१७–२०१९ कार्यकालको लागि उपमहासचिव हुन्।

डेढ दशकदेखि प्रवासमा रहि विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अधिकारी एनआरएन युकेमा मात्र नभई केन्द्रीय कार्यसमितिमा समेत उर्जाशिल युवाको रुपमा परिचित छन्।

केन्द्रीय कार्यसमितिदेखि विश्वभर रहेका गैरआवासीय नेपाली संघ राज्यसमितिमा समेत आफ्नो बलियो पकड बनाएका अधिकारी गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा केन्द्रीय कार्यसमिति सचिवका बलियो दाबेदार हुन्।

लामो समयदेखि बेलायतमा व्यवसाय गर्दै आएका अधिकारी एनआरएनमा सक्षम नेतृत्व, साझा प्रतिनिधित्व, पारदर्शीता, जवाफदेहिता, समावेशिता, सामूहिक एकता, सबै नेपालीबीच एकता आजको एनआरएनएको आवश्यकता भएको बताउँछन्।

Featured