खेलकुद देश

१ नम्बर प्रदेशस्तरीय आइटीएफ तेक्वाण्दो टेक्निकल सेमिनारसम्पन्न

विराटनगर, ५-१ नम्बर प्रदेशस्तरीय आइटीएफ तेक्वाण्दो टेक्निकल सेमिनार (तालिम) सम्पन्न भएको छ । विराटनगरमा दुई दिनसम्म सञ्चालन भएको उक्त सेमिननरमा १ सय ३५ जना तेक्वान्दोका खेलाडीहरूको सहभागिता रहेको थियो ।

सेमिनारमा प्रदेश १ भरिका तेक्वान्दोका खेलाडीहरूको सहभागि रहेको आइटीएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष प्रविण कार्कीले जानकारी दिए । सेमिनारमा तेक्वान्दोको सैद्धान्तिक र व्यवहारीक पक्षको विषयमा प्रशिक्षण दिएको कार्कीले बताए ।

कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरे, राष्ट्रिय खेलकूद परिषदका पूर्वसदस्यसचिव केशव विष्टले खेलकुदको विकासले असल र अनुशाशित नागरिक उत्पादन गर्न मद्दत गर्ने धारणा राखे । तीन तहको सरकारले खेलकुदल क्षेत्रलाई पहिलो प्रथामकिता राख्ने सकिए मात्र यस क्षेत्र व्यवसाियक बन्दै खेलाडीहरू आत्मनिर्भर बन्न सक्ने उनीहरूको भनाइ छ ।

सेमिनारमा नेपाल आइटिएफका केन्द्रीय सदस्य तथा ब्यालकबेल्ड कमिटिका अध्यक्ष घमबहादु थापाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रदेश १ का उपाध्यक्ष चुतरलाल चौधरी, प्रदेशका उपाध्यक्ष राजेन्द्र धिमाल, कार्यक्रम संयोजक जीतन थापा, जिल्ला अध्यक्ष प्रल्हाद राउत, किरण गिरीलगायतले राष्ट्रभक्तिमा खेलाडी सबैभन्दा अगाडि रहकोले उनीहरुलाई आवश्यक प्रशिक्षणका तीन तहको सरकारले व्यवस्था गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागि खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Featured