नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का आसन्न टी-१० लिगमा इमर्जिङ ट्यालेन्ट मेन्टरको रूपमा नियुक्त भएका छन् । उनलाई टिम आबुधावीले इमर्जिङ ट्यालेन्ट मेन्टरको रूपमा नियुक्त गरेको हो ।
टिम आबुधाबीले पारसलाई आउँदो सिजनका लागि नयाँ जिम्मेवारी दिएको छ । पारस गत सिजनमा खेलाडीको रूपमा टिम आबुधाबीमा जोडिएका थिए । चौथो सिजनको टी-१० मा भने उनले खेलाडीको मेन्टरको काम गर्ने छन् ।
योसँगै खड्का टिम आबुधावीको कोचिङ टिममा रहनेछन् । गत संस्करणमा पारस टिम आबुधावीले १० हजार अमेरिकन डलरमा टिममा अनबुन्ध गरेको थियो।
टी-१० लिगको नयाँ सिजन २८ जनवरीदेखि ६ फेब्रअुरी २०२१ सम्म हुनेछ । टी-१० लिगको चौथो संस्करणमा ८ वटा टोलीहरू सहभागि हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस