खेलकुद विदेश

टी-२० सिरिज : पाकिस्तानविरुद्ध न्युजिल्याण्डको शानदार जीत

एजेन्सी, ३ पुस-पाकिस्तान विरुद्धको टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा न्युजिल्याण्ड ५ विकेटले विजयी भएको छ ।पाकिस्तानले दिएको १ सय ५३ रनको लक्ष्य घरेलु टोली न्युजिल्याण्डले १८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि टिम सेफर्टले ५७, मार्क च्यापम्यानले ३४, ग्लेन फिलिप्सले २३, जिमी नीशमले अविजित १४ र कप्तान मिचेल सान्टनरले नटआउट १५ रनको योगदान दिए ।

बलिङमा हरिस रौफले ३ र शाहीनसाह अफ्रिदीले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनायो ।

उसका लागि कप्तान सादव खानले ३२ बलमा ३ छक्का र २ चौकासहित ४२ रन बनाए ।  त्यस्तै, फहिम अर्सफले ३१, इमाद वासिमले १९, मोहम्मद रिजवानले १७ र खुसदील साहले १६ रनको योगदान दिए । आजको जितसँगै तीन खेलको सिरिजमा न्युजिल्याण्डले १-० ले अग्रता बनाएको छ ।

Featured