देश मनोरंजन

अन्जु पन्तको गीतबाट छोरी परितोषिकाले गरिन् अभिनयमा डेब्यु

गायिका अन्जु पन्तको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘धेरै माया नदेऊ मलाई’ बोलको गीतमा पन्त आफैँले संगीत दिएकी छिन् । पन्तले यसै गीतबाट संगीतमा पनि पाइला चालेकी हुन् । गीतको शब्द भने सुरेश वाग्लेले रचेका छन् ।

यस गीतको भिडियोबाट गायिका पन्तकी छोरी परितोषिका पन्तले पनि अभिनयमा डेब्यु गरेकी छिन् । भिडियोमा परितोषिका र कुन्साङ बोम्जनको जोडी देख्न सकिन्छ ।

१० वर्षअघि रचित प्रेमिल शब्दले भरिएको गीत निकै उत्कृष्ट बनेको गायिका पन्त बताउँछिन् । आफ्नो सांगीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाइ छ । छोरी परितोषिकाले पनि यसै गीतमार्फत अभिनय यात्रा प्रारम्भ गरेकाले पनि यस गीत विशेष भएको अन्जुको भनाइ छ ।

गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । धिरज जंग शाहले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।

Featured