खेलकुद विदेश

युभेन्ट्सको विजयी सुरुवात

काठमाडौं, एजेन्सी, भदौ ८-साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा सुखद सुरुवात गरेको छ। शनिबार रातिदेखि सुरु भएको लिगको पहिलो खेलमा युभेन्ट्सले पार्मालाई १–० गोलले हरायो।

युभेन्ट्सको कठिन जितमा रक्षक जर्जियो चियलिनीले गोल गरेका थिए। जर्जियोले २१औं मिनेटमा एलेक्स सान्ड्रोको पासमा गरेको गोलनै युभेन्ट्सका लागि निर्णायक बन्यो । रियलले सुरुवातमै गोल गरेपनि अन्य गोलथप्न सकेन। सुपरस्टार क्रिस्टियानो रोनाल्डो, गोन्जलो हिगुईन र डग्लस कोस्टा लगायत स्टार खेलाडी उतारेको युभेन्ट्सले घरेलु टोली पार्मामाथि लगातार दबाब श्रृजना गरेको थियो। तर, रियलको लगातार प्रयासमा पार्माको रक्षापंक्ति बाधक बनेको थियो। सिजनको पहिलो जितसँगै युभेन्ट्सले तीन अंक जोडेको छ।

सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको अर्को खेलमा नापोलीले फिओरेन्टिनालाई ४–३ गोलले हरायो। निकै प्रतिस्पर्धात्मक खेलमा नापोलीको जितमा डायर्स मर्टेन्सले ३८औं मिनेटमा गोल गरे। लोरेन्जो इनसिग्नेले पेनाल्टीमार्फत ४३औं र ६७औं मिनेटमा दुई गोल गरे। जोस कलेजोनले ५६औं मिनेटमा एक गोल गरेका थिए।

घरेलु मैदानमा फिओरेन्टिनाका लागि इरिक पुल्गरले नवौं मिनेटमा सुरुवाती गोल गरेका थिए। निकोला मिलेनकोभिचले ५२औं र केभिन प्रिन्स बोयटेङले ६५औं मिनेटमा गोल गरेपनि फिओरेन्टिनाले हार टार्न सकेन। जितसँगै नापोलीले तीन अंक बनाएको छ। फिओरेन्टिनाले हारबाट सिजनको सुरुवात गरेको छ।

Featured