खेलकुद

लिभरपुलको लगातार तेस्रो जित, आर्सनल पराजित

एजेन्सी, भदौ ७–लिभरपुलले इंग्लिस प्रिमियर लिगको जारी सिजनमा लगातार तेस्रो जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ ले हराउँदै जितको यात्रालाई निरन्तरता दिएको हो ।

घरेलु टोली लिभरपुलको जितमा मोहम्मद सलाहले २ गोल गरे भने माटिपले थप गोल गरेका थिए । एनफिल्डमा ५० हजारभन्दा बढी घरेलु समर्थकमाझ पहिलो हाफमा लिभरपुलले माटिपको गोलमार्फत अग्रता बनाएको थियो ।

खेलको ४१ औं मिनेटमा अलेक्जान्दर आर्नोल्डको पासमा जोयल माटिपले गोल गरेका थिए । लिभरपुलले दोस्रो हाफमा थप २ गोल गर्यो । दोस्रो हाफको तेस्रो मिनेटमै पाएको पेनाल्टीलाई मोहम्मद सलाहले गोलमा परिणत गर्दै अग्रता दोब्बर पारे ।

आर्सनलका डिफेन्डर डेभिड लुइजले बक्सभित्र सलाहलाई नै फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ५८ औं मिनेटमा सालाहामाले दोस्रो गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा आर्सनलका लागि लुकास टोरेरा गोल गरे । यो जितपछि लिभरपुल ३ खेलमा ९ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ भने आर्सनलको समान खेलबाट ६ अंक छ ।

Featured