देश

मिस नेपाल वर्ल्ड २०२० को ताज नम्रता श्रेष्ठलाई

मिस नेपाल वर्ल्ड-  २०२० को तास नम्रता श्रेष्ठले जितेकी छन् । प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रताले ताज पहिरिएकी हुन् । नम्रतालाई ‘मिस नेपाल वर्ल्ड २०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । नम्रता किन्डर गार्डेन टिचर हुन् ।

होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धा ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छन् । ‘मिस नेपाल अर्थ’को ताज सुप्रिया श्रेष्ठले पहिरिइन् भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितिन् ।

Featured