देश

थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना डिस्चार्ज

शनिबार थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ । आज ६ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ४०२ जना महिला र ६२२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । कुल संक्रमित मध्ये २ लाख २४ हजार ५३ जना निको भएका छन् । शनिबार मात्रै थप २ हजार २०६ जना निको भएको मन्त्रालयले जनाएको छ । देशभर १४ हजार २५५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै मृतकको संख्या १ हजार ५७७ पुगेको छ ।

Featured