देश

स्थायी कमिटी बैठक राख्न ओली लचिलो

स्थायी कमिटी बैठकका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लचिलो भएका छन् । स्थायी कमिटी बैठकको पक्षमा नरहेका ओली सचिवालयका बहुमत सदस्यको दबाबपछि लचिलो बनेका हुन् ।

स्थायी कमिटी बैठक नराख्ने प्रस्ताव गरेका ओली बहुमत सदस्यको दबाबपछि त्यसका लागि सहमत भएको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बताए । उनले भने ‘उहाँले बैठक नराख्ने प्रस्ताव गर्नु भएको थियो । हामी सबैले बैठक राख्नुपर्छ भन्यौँ । दुवै प्रतिवेदन त्यहाँ र आवश्यक परेको खण्डमा बैठक स्थगित गरे छलफल गर्न सकिन प्रस्तावपछि उहाँ स्थायी कमिटी राख्न सहमति हुनुभयो ।’  स्थायी कमिटी भोलि १ बजे पार्टी कार्यालय धुम्बराहीमा बस्दै छ ।

Featured