विदेश

ईयू ब्रेक्जिटपछिको व्यापार सम्झौताको पक्षमा छ : जर्मनी

एजेन्सी, २० मंसिर-युरोपेली संघ (ईयू) ले बेलायतको संघबाट बहिर्गमन (ब्रेक्जिट) पछिको व्यापार सम्झौता गर्न चाहेको जर्मन सरकारले शुक्रबार बताएको छ । जर्मन सरकारले सम्झौता गर्नुको विकल्प ईयूले नसोचेको तर यसका लागि आफ्नो सिद्धान्त र नीतिको विपरीत हुनेगरी कुनै थप मूल्य चुकाउन भने नसक्ने जर्मनीका अधिकारीले बताएका हुन् ।

‘हामीलाई थाहा छ समय सकिएको छ,’ जर्मन चान्सलर एन्जेला मार्केलका प्रवक्ता स्टेफेन सिबर्टले भने । ‘ईयूले संयुक्त अधिराज्य (बेलायत) सँग सम्झौता गर्न तयार छ तर यसका लागि कुनै अतिरिक्त मूल्य चुकाउन नचाहनु स्वाभाविक हो ।’

उनले बर्लिनमा सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘सबैका आ-आफ्ना सिद्धान्तहरू हुन्छन् । सम्झौताका लागि निश्चित सीमा छन् र यसलाई काट्नु भनेको संघको गठन र हितविपरीत हुन जान्छ । उनले सम्झौताका लागि ईयूले प्रस्तुत गर्दै आएका आधारभन्दा थप लचकता अपनाउन असम्भव रहेको बताए ।

Featured