देश मनोरंजन

आयो किरण र एलिनाको ‘कान्छी मट्याङ ट्याङ’

किरण भुजेल र एलिना चौहानको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीतमा सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीत रहेको छ ।

सार्वनजिक गीतको भिडियोमा किरण र एलिनासँगै श्रेया सिटौला, अजय श्रीको पनि अभिनय रहेको छ । भिडियोमा एलिना र अजयको जोडी बाँधिएको छ भने किरणले श्रेयासँग जोडी बाँधेका छन् ।

किरण भुजेलको प्रस्तुति तथा नेपासिनेको सहकार्यमा तयार भएको भिडियो निर्देशन विधान कार्कीले गरेका छन् । भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ ।

Featured