देश

मौद्रिक नीति कार्यान्वयन प्रभावकारी रूपमा हुन्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड- १९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले कार्यान्वयनमा तत्परता लिएको बताएका हुन् ।  योसँगै मन्त्री पौडेलले निजीक्षेत्रसँग मिलेर अगाडि बढ्ने बताएका छन् ।

‘रोगजारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ,’ उनले भने, ‘त्यसका लागि सहकार्य हुन्छ । निजीक्षेत्रलाई हत्तोसाहित तुल्लाएर र मनोबल गिराएर सार्थक उपलब्धि हासिल हुन सक्दैन ।’

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरूको कार्यान्वयनमा जोड दिएका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपेर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रूप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताए ।

Featured