खेलकुद विदेश

लिभरपुल अन्तिम १६ मा, एथ्लेटिको र बायर्न बराबर

एजेन्सी, १७ मंसिर-इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनमा प्रवेश गरेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा अजाक्सलाई १–० ले पराजित गर्दै अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जीत दिलाउन ५८ औंं मिनेटमा कर्टिस जोन्सले गरेको गोल नै निर्णयक बन्यो । लिभरपुलको ५ खेलबाट १२ अंक भएको छ भने पराजित अजाक्स ७ अंकसहित तेस्रो स्थानमा छ ।

समूह डी कै अर्को खेलमा एफसी मिड्जिल्याण्डसँग १–१ को बराबरी खेलेको एट्लान्टा ८ अंकसहित दोस्रो स्थानमा छ । गएराति नै भएको समूह ए अन्तर्गतको खेलमा एथ्लेटिको मड्रिड र बायर्न म्युनिखले १–१ गोलको बराबरी खेलेका छन् ।

खेलको २६ औं मिनेटमा जाओ फेलिक्सले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । तर ८६ औं मिनेटमा थोमस मुलरले बायर्नका लागि पेनाल्टीमार्फत बराबरी गोल फर्काए । बायर्न यसअघि नै अन्तिम १६ का लागि छनोट भएको छ भने एथ्लेटिकोले अन्तिम १६ मा स्थान बनाउन अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

गएरातिका अन्य खेलमा मार्सेइलीले ओलम्यिाकोसलाई २–१ ले पराजित गरेको छ भने एफसी पोर्टो र म्यान्चेस्टर सिटीले गोलरहित बराबरी खेलका छन् ।

Featured