देश विदेश शिक्षा

मार्चपछि अस्ट्रेलिया पुगे पहिलो विदेशी विद्यार्थी

एजेन्सी, १५ मंसिर-मार्चपछि पहिलो पटक अस्ट्रेलियामा एक जना विदेशी विद्यार्थी आएका छन् । कोरोना भाइरसका कारण विदेशी नागरिकलाई प्रवेश निषेध गरिएपछि अस्ट्रेलियामा अध्ययनका लागि विदेशी विद्यार्थी जाने गरेकोमा सो क्रम पनि रोकिएको थियो ।

अस्ट्रेलियाको राजधानी सिड्नीबाट प्राप्त भएको समाचारमा सोमबार यहाँ मार्च महिनापछि पहिलो पटक एक जना विदेशी विद्यार्थी पुगेका बताइएको छ ।

अस्ट्रेलियामा यसरी विदेशी विद्यार्थी अध्ययनका लागि पनि जान नपाएपछि यहाँको अर्बौँ डलर बराबरको ठूलो धनराशि आय पनि रोकिएको बताइएको छ ।

अस्ट्रेलियाको उत्तरी शहर डार्विनमा त्यहाँको विश्वविद्यालयले आफ्ना विदेशी विद्यार्थीलाई जहाज चार्टर्ड गरेर लगेको थियो । यस कार्यक्रमलाई सो विश्वविद्यालयले परीक्षणको रूपमा अथवा आफ्ना विदेशी विद्यार्थीलाई ल्याउने सुरुको आयोजनाको रूपमा कार्यक्रमको सुरुवात गरेको बताइएको छ ।

सो विश्वविद्यालयले गरेको चार्टर्ड जहाजमा आफ्ना ६३ जना विद्यार्थी ल्याएको बताइएको छ । चीन, जापान, भियतनाम, इन्डोनेसिया र हङकङबाट ती विद्यार्थी लगिएको थियो ।

ती देशका विद्यार्थी सो चार्टर्ड विमान चढ्नका लागि सिंगापुर पुगेका थिए । सिंगापुरबाट सो विश्वविद्यालयले जहाज चार्टर गरेको थियो । ती विद्यार्थीलाई अब अस्ट्रेलियामा १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइएको छ ।

अस्ट्रेलियाले विदेशी उडानलाई अहिले पनि अनुमति दिएको छैन । त्यसैले सो विश्वविद्यालयले विमान चार्टर्ड गरेर आफ्ना विद्यार्थी लगेको बताएको छ ।

यहाँका विश्वविद्यालयले देशमा उडान प्रतिबन्ध लगाइएकोले विदेशी विद्यार्थी आउन नपाएको भन्दै यसले समस्या बनाएको बताएका छन् । अस्ट्रेलियामा कोरोना त्रासले गर्दा उडानहरू पनि रोकिएको छ ।

Featured