देश

आज १४७४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १५ सय नाघ्यो

काठमाडौं, १५ मंसिर-गत २४ घण्टामा देशभर १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज १ हजार ९ सय ३१ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ ।

त्यस्तै, आज २९ संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित छन् । आज ९ हजार ९ सय ११ जनाको पीसीआर परीक्षण गरिएको छ ।  हाल देशभर ५ सय ३५ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।

Featured