देश

विराटनगरको रथयात्रा निकालिँदै, सुरक्षाका लागि ड्रोनबाट निगरानी गरिने

विराटनगर, भदौ ७–विराटनगरमा आज दिउँसो निस्कने ५२ औं रथयात्राको लागी मोरङ प्रहरीले ड्रोनको माध्ययमबाट विशेष निगरानी राख्ने भएको छ ।

विराटनगर –१ तिनपैनी स्थित राधाकृष्ण मन्दिर परिसरमा विशेष पूजाआजा गरेपछि रथयात्रा निकालिने छ । मोरङ प्रहरीले रथयात्रामा कुनै अप्रयि घटना हुन नदिन विशेष सुरक्षा योजना अगाडि सारेको जनाएको छ । ड्रोन क्यामेराबाट रथयात्रा निकालिने क्षेत्रभरिको प्रहरीले सुरक्षा निगरानी गर्ने छ ।

लाखौँको संख्यामा भक्तजनहरुको रथयात्रामा सहभागि हुने भएकाले सुरक्षालाई विशेष प्राथामिकतामा राखेर प्रहरीले ड्रोनबाट पनि सुरक्षा निगारनी राख्ने भएको हो । यसको लागि प्रहरी प्रधान कार्यालय काठमाडौँबाट ड्रोन क्यामेरा सहितको टोली आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

शुक्रबार साँझ विराटनगरस्थित राधाकृष्ण मन्दिर अगाडी ड्रोन क्यामेरको पनि सफल परीक्षण गरिएको गरिएको थियो । रथ विश्राम गरिने प्रत्येक यूनिटमा प्रहरी टोली खडा गरिएको उनले बताए ।

रथयात्राको दिन आज सुरक्षाका लागि १ हजार ७ सय प्रहरी परिचालन गरिने जनाइएको छ । २ सय जना सादा, र १ हजार ५ सय जना पोशाकमा प्रहरी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।

Featured