देश

गलत चिन्तनको कारण सार्वजनिक सम्पत्ति रक्षा गर्न चुनौती : ईश्वर पोखरेल

काठमाडौँ, भदौ ७–कार्यवाहक प्रधानमन्त्री एवम् नेकपा नेता ईश्वर पोखरेलले व्यक्तिहरुको गलत चिन्तनको कारण सार्वजनिक सम्पत्ति रक्षा गर्न चुनौती रहेको औँल्याएका छन् । । काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश ३ सरकारद्वारा निर्मित ‘लम्टाङ्िगन टुसाल पार्क’ उदघाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सार्वजनिक सम्पत्ति सबैको भएकाले त्यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए । पोखरेलले निर्वाचीत भएका प्रतिनिधिहरुले मात्र नभई निर्वा्चित नभएका आम सचेत नागरिकहरुले पनि सार्वजनिक सम्पत्तिको रक्षा गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माणको कामले गति लिएको बताए । धरहरा, रानीपोखरी, काष्ठमण्डप लगायतका संरचना पुनर्निर्माणको धमाधम भइरहेको भन्दै जानकारी दिँदै उनले यस काममा कहीँ कतैबाट अवरोध गर्न नहुने बताए ।