विदेश

इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहकाे हत्या

एजेन्सी, १३ मंसिर-इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहकाे हत्या भएकाे छ । बीबीसीका अनुसार राजधानी तहरानसँग जाेडिएकाे अवसार्डमा उनीमाथि आक्रमण भएकाे थियाे ।

आक्रमणपछि फखरीजादेहलाई स्थानीय अस्पतालमा लगिए पनि केही बेरमै उनकाे मृत्यु भएकाे इरानकाे रक्षा मन्त्रालयले जनाएकाे छ ।  त्यहाँका विदेशमन्त्री मोहम्मद जवाद जरीफले फखरीजादेह हत्याकाे निन्दा गर्दै ‘राज्य प्रायोजित आतंक’काे संज्ञा दिएका छन् ।  पश्चिमी देशका गुप्तचर एजेन्सीहरू इरानकाे गुप्त परमाणु हतियार कार्यक्रमकाे पछाडि माेहसिन फखरीजादेहकै हात रहेकाे ठान्छन् ।

Featured