देश मनोरंजन

आशिरमान र शिल्पाको ‘भुल’ सार्वजनिक

अभिनेता आशिरमान देशराज जोशी  र अभिनेत्री शिल्पा मास्के अभिनित ‘भुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र ‘द ब्रेकअप’मा एकसाथ देखिएको यस जोडीलाई पुन: म्युजिक भिडियोमा सँगै देख्न पाइएको हो ।

प्रविण दियालको स्वर रहेको ‘भुल’ बोलको गीतमा शब्द तथा संगीत पनि गायक दियालकै सुन्न सकिन्छ । भिडियोमा अजय गुरुङको पनि अभिनय छ ।

मर्मस्पर्शी यस गीतको भिडियोम प्रेम, खुसी, विछोड, रोदनजस्ता पक्षहरूलाई समेटिएको छ । विवेक रसाइलीको निर्देशनमा तयार भएको भिडियोमा उज्ज्वल जोशीको छायांकन, सम्पादन तथा कलर देख्न सकिन्छ ।

Featured