देश मनोरंजन

वेग र मञ्जुको ‘लौरी टेकेको’ सार्वजनिक

गायक वेग राना र मञ्जु लावतीको स्वर रहेको लोकदोहोरी गीत ‘लौरी टेकेको’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक रानाकै लय तथा शब्द सिर्जना छ ।

सार्वजनिक गीतको भिडियोमा लोमश शर्मा र सरु धिमालको नृत्य देख्न सकिन्छ । निशान एसकेको निर्देशनमा बनेको भिडियोमा दीपक गिरीको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको छ । डान्सिङ शैलीमा तयार भएको यस गीतको भिडियो गायक तथा सर्जक वेग रानाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Featured