विदेश

किमका भतिजालाई सीआईएले गायब बनायो

एजेन्सी, ७ मंसिर-उत्तर कोरियाली नेता किम जोङ उनका भतिजा किम हान सोल गायब भएका छन् । उनलाई अमेरिकी गुप्तचर एजेन्सी सीआईएले सुरक्षात्मक हिरासतमा लिएको बताइएको छ । हान सोल किम जोङ उनका सौतेनी दाजु किम जोङ नामका छोरा हुन् ।

नामको सन् २०१७ मा मलेसियामा हत्या भएको थियो । त्यसपछि हान सोल नेदरल्यान्डस्को आम्सटर्डममा शरणमा रहेका थिए । उनको हालको अवस्थाबारे कुनै जानकारी बाहिर आएको छैन ।

२५ वर्षीय हान सोलले विलासी जीवन बिताइरहेको उत्तर कोरियाको सरकार ढाल्ने कोशिस गरिरहेको भूमिगत आन्दोलन ‘फ्रि जोसन’ का नेता एड्रियन होंगले बताएका छन् ।

हान सोल बाबुको हत्या भएको तीन महिनापछि एक युट्युब भिडियोमा देखिएको थिए । फ्रि जोसन र किम हान सोलबारे समाचार लेख्ने सुकी किमका अनुसार किम जोङ–उनका भतिजालाई उत्तर कोरियाली नेता किम जोङ उनका उत्तराधिकारीका रुपमा समेत हेर्ने गरिन्थ्यो ।

Featured