खेलकुद

सहसिक खेल सञ्चालन र पर्यटन विकासका लागि कानुन बनाउन माग

धनकुटा, भदौ ६–धनकुटाको भेडेटारका ब्यवसायीहरुले साहसिक खेल पर्यटन संचालन र पूर्वाधार ब्यबस्थापनका लागि आवश्यक नीति बनाएर कानुनी बाटो सहज बनाइदिन प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधनलाई आग्रह गरेका छन् ।

पर्यटन व्यवसायी, होटल ब्यवसायी र स्थानीयले स्काइवाक, जिपफ्लायर, प्याराग्लाइडिङ्ग र क्नोइङ्ग जस्ता साहसिक खेल संचालन र पूर्वाधार निर्माणका लागि लगानीको वातावरण सृजना गर्न प्रदेश सरकारको भूमिका खोजेका हुन् ।

भेडेटारमा संयूक्त प्रतिनिधिमण्डल सँगको भेटमा मुख्यमन्त्री राईले बिस्तृत संभाव्यता अध्ययन र परियोजना प्रस्ताव आए नितिगत र कानुनी अड्चन फूकाएर पर्यटकीय पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको होटल एसोसियसनका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए ।

भेडेटारमा साहसिक खेल, पर्यटनका पूर्वाधार संरचना निर्माण र संचालनका लागि लगानी गर्न पर्यटनका क्षेत्रमा काम गर्ने निजी प्रतिष्ठानहरुले चासो देखाएका छन् । सरकारले घोषणा गरेको पर्यटनबर्ष २०२० का लागि भेडेटार मुख्य पर्यटकीय गन्तव्य हुनसक्ने स्थानीयले बताएका छन् ।

Featured