एजेन्सी, ३ मंसिर-रुसी संसदको तल्लो सदन दुमाले राष्ट्रपति भ्लादिमिर पुटिन र उनको परिवारविरुद्ध उनी सत्तामा नरहेको समयमा पनि कुनै मुद्दा लगाउन नपाउने व्यवस्थासहितको एक विधेयक पारित गरेको छ ।
जसअनुसार पुटिन र उनको परिवारविरुद्ध कुनै प्रकारको आपराधिक मुद्दा चल्ने छैन । यो गत जुलाईमा एक जनमत संग्रहमा जनाइएको सहमतिअनुसार व्यवस्था गरिएको हो ।
पुटिनको पार्टी रुसी संसदको दुबै सदनमा बहुमतमा रहेको छ । राष्ट्रपति पुटिनको यो कार्यकाल सन् २०१४ मा सकिनेछ । तर उनले पछिल्लो संविधान संशोधनअनुसार त्यसपछि थप २ कार्यकाल अर्थात १२ वर्ष राष्ट्रपति बन्न पाउनेछन् ।
यो विधेयकलगत्तै पुटिनको राजनीतिक भविष्यबारे पुनः चर्चा सुरु भएको छ । सन् २००० देखि पुटिन रुसी सत्ताको शीर्ष स्थानमा रहँदै आएका छन् ।
पुटिनका आलोचक विपक्षी नेता एलेक्सी नाभाल्नीले यो विधेयक ल्याइएपछि ट्विटरमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘पुटिनलाई अहिले बचाउ विधेयकको के आवश्यकता पर्यो ?’
दुमामा तीन पटक यो विधेयक पेश हुनेछ । रुसी संसदमा पुटिनको युनाइटेड रसिया पार्टीको बहुमत रहेको छ भने वामपन्थी ३७ जना सांसद यस विधेयकको विरोधमा उभिएका थिए ।
अब यो विधेयक पुनः ल्याइनेछ भने तयसपछि माथिल्लो सदन फेडरेशन काउन्सिलमा प्रस्तुत गरिनेछ । दुवै सदनबाट पारित भएपछि पुटिनले यसलाई प्रमाणिकरण गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस