पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा गोलका केही अवसर सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो । पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपाल २-० गोल अन्तरले हारेको थियो ।
बंगलादेशविरुद्धको दोस्रो खेलमा नेपालका तर्फबाट ३ खेलाडीले डेब्यु गरे । छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस