काठमाडौंको एक साता अभ्यासपछि थप एक साता बंगलादेशमा अभ्यास गर्ने योजनासहित नेपालबाट उडेको टोलीले दोस्रो मैत्रीपूर्ण खेल भने तिहारको भोलिपल्ट अर्थात मंसिर २ गते खेल्ने तालिका रहेको छ । खेलमा फर्किँदा उत्साहित भएका खेलाडीले मैत्रीपूर्ण खेलमा सुखद नतिजा ल्याउने लक्ष्यका साथ अभ्यासमा मिहिनेत गरिरहेका छन् ।
प्रशिक्षक बालगोपाल महर्जनले पनि खेलाडीमा फिटनेस सुधार हुँदै गएको र बंगलादेशसँगको खेलमा राम्रो नतिजा ल्याउनेमा आशावादी रहेको यसअघि बताइसकेका छन् । बंगलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार मैदानमा दुई घण्टा प्रशिक्षण गरेको थियो । नेपाली फुटबल टोली कोभिड—१९ संक्रमणको जोखिमका कारण बिहीबारदेखि ढाकामा होटेल क्वारेन्टाइनमा बसेको थियो ।
क्वारेन्टाइनमा रहेको टोलीको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै प्रशिक्षणका लागि मैदानका फर्किएको हो । बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते बंगबन्धु रंगशालामा हुने मैत्रीपूर्ण खेल नेपाली समयअनुसार दिउँसो ४:४५ बजे हुने तालिका छ ।
प्रतिक्रिया दिनुहोस