देश

नक्कली भारुसहित दुई जना पक्राउ

वीरगञ्ज, भदौ ६–वीरगञ्जबाट भारतीय नक्कली नोटसहित पक्राउ परेका २ जनालाई प्रहरीले सार्बजनिक गरेको छ । नक्कली भारतीय नोटसहित पक्राउ परेका पर्साको बहुदरमाई नगरपालिका वडा–२ बैरिया विर्ताका ३४ बर्षिय दिलिपकुमार साह र वीरगञ्ज महानगरपालिका–२ छप्कैयाका ४८ बर्षका जमिल अख्तरलाई पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्बजनिक गरेको हो ।

प्रहरीले उनिहरुलाई बिहीबार साँझ पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुको उनीहरुको साथबाट भारतीय रुपैयाँ २ हजार दरका ९५ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले जानकारी दिए ।

नेपालबाट भारततर्फ पैदल जाँदै गर्दा वीरगञ्ज महानगरपालिका १६ ईदगाहा चोकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Featured