देश

काश्मीर समस्याबारे नेपालको धाराणा सार्वजनिक गर्नुपर्छ : जितेन्द्र नायारण देव

काठमाडौँ, भदौ ६–राष्ट्रियसभा सदस्य जितेन्द्र नायारण देवले सरकारले काश्मीर समस्याबारे नेपालको धाराणा सार्वजनिक गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै देवले छिमेकी मुलुकहरुले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बसेको भन्दै धाराणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

उनले काश्मीर समस्याबारे मौन बस्नु सफल कुटनीति नहुने भन्दै उनले राष्ट्रिय सहमतिका साथ यसबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औल्याए । उनले भने, ‘नजिकबाट नियाल्दै छौं भनेर परराष्टमन्त्री ज्युले भन्नुभयो । यो नियाल्ने काम कहिले सम्म हुन्छ । कहिले सम्म नियालिराख्ने ? आँट छ भने यो सरकारले बोलोस् । के बोल्छ बोलोस् अनि नेपाली कांग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ ।’

पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रत्यन्त गर्दै छ भन्ने संदेश गएको उल्लेख गर्दै उनले यस्तो सन्देशले नेपाललाई भविष्यमा समस्या पार्ने चेतावनी दिए । भारतसँगको कूटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुदा पर्न सक्ने सामाजिक, राजनीतिक र आर्थिक असरबारे समयमै सोच्न उनले आग्रह गरे ।

उनले नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप लगाए । सन् १९५० को सन्धीका बारेमा नेपालले आफ्ना कुराहरु राख्न नसकेकोमा पनि उनले असन्तुष्टि जनाए ।

२०४८ सालमै उठेको विषयमा अहिले पनि अगाडि नबढेर आवश्यक रोडम्याप बनाउन दुवै देशका परराष्ट्रसचिवलाई दिएको निर्देशनलाई उपलब्धि मान्न नसकिने उनको तर्क थियो ।

Featured