खेलकुद विदेश

साफ यू-१५ फुटबलमा नेपाललाई श्रीलंकाविरुद्ध जित्नैपर्ने दबाब

काठमाडौं, भदौ ६-भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपाललाई शुक्रबार श्रीलंकाविरुद्धको दोस्रो खेलमा जित्नैपर्ने दबाब रहेको छ।

पहिलो खेलमा भारतसँग फराकिलो हार ब्यहोरेपछि पश्चिम बंगालको कल्याणी रंगशालामा शुक्रबार दिउँसो ३ बजेर १५ मिनेटमा हुने खेल सेमिफाइनल पुग्न नेपालले जित्नैपर्ने दबाब बढेको हो।

पहिलो खेलमा नेपाल भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो। तर श्रीलंकाले पहिलो खेलमा भुटानलाई ३-२ गोल अन्तरले पराजित गरेकाले खेलमा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटानबीच प्रतिस्पर्धा भइरहेको छ। राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

Featured