काठमाण्डौ, भदौ ६-आज नेपाल राष्ट्रबैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर ११५ रुपैयाँ २० पैसा तोकेको छ। हिजो अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा थियो।
कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ६४ पैसा पुगेको छ। हिजो कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा थियो। आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा पुगेको छ। हिजो १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा थियो।
यस्तै यूएई दिर्हाम आज १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ। हिजो यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा थियो।
आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा पुगेको छ हिजो मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३४ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा थियो। यस्तै बहराइन दिनार आज १ को खरिददर ३०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ५४ पैसा पुगेको छ। हिजो बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ५२ पैसा थियो।
शुक्रबार कोरियन वनको भाउ भने घटेको छ। आज यसको १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा पुगेको छ। हिजो यसको १ सयको खरिददर ९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा थियो।
नेपाल राष्ट्र बैंकले शुक्रबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७८ रुपैयाँ ७७ पैसा तोकेको छ। बिहीबार यसको १ को खरिददर ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३३ पैसा थियो।
प्रतिक्रिया दिनुहोस