देश

नेपाल प्रहरीमा ३८ सय जनालाई जागिर खुल्यो

काठमाडौं, भदौ ६-नेपाल प्रहरीले रिक्त रहेको प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीमा दरखास्त आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै प्रहरी जवान, भान्से, हजाम, कुचिकार र खेलाडी पदमा खुला प्रतिस्पर्धाद्धारा ३ हजार ८ सय ३१ पदको लागि दरखास्त आह्वान गरेको हो।

प्रहरी जवानको हकमा दरखास्त आह्वान गर्न चाहाने पुरुषले ८ कक्षा वा सो सरह पास गरेको, उचाई घटीमा ५ फिट २ इन्च, छाती ३१–३३, तौल ५० किलो हुनु पर्ने छ भने महिला उचाई ४ फिट १० इन्च र तौल ४२ किलो हुनुपर्ने छ।

त्यस्तै कार्यालय सहयोगी (भान्से, हजाम, कुचिकार र खेलाडी) को हकमा सामान्य लेखपढ गर्न जान्ने, पुरुषको उचाई घटीमा ५ फिट २ इन्च, छाती ३१–३३, तौल ५० र महिलाको उचाई घटीमा ४ फिट १० इन्च, तौल ४२ किलो हुनु पर्नेछ।

यी पदका लागि इच्छुक नेपाली नागरिकले आवेदन फारममा १० रुपैयाँको टिकट टासी भदौ ९ गतेदेखि असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन्।