देश

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सिरहा, रासस, भदौ ६–सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा करेन्ट लागेर आज एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका छन्। धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको छ।