देश

सिडिओलाई म्यासेज पठाएर बिस्फोट गर्ने तीन पक्राउ

वीरगञ्ज, भदौ ६– पर्सा प्रहरीले सिडिओलाई म्यासेज पठाएर बिस्फोट गराउने तीनजनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा बस्ने ३२ वर्षीय इनुस अंसारी, सोही ठाउका २२ वर्षीय सद्दाम अंसारी र १९ वर्षीय टाईगर भनिने जौवाद अंसारीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका यी व्यक्तिहरुले वीरगञ्गञ्जको बिर्ता बजार र घण्टाघर चोकको तरकारी बजारमा बिस्फोट गराउने भनेर पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईलाई मोबाइलबाट म्यासेज पठाएको प्रहरीले जनाएको छ ।

उनीहरुले साउन २४ गते वीरगञ्जको बिर्ता बजारमा र २८ गते घण्टाघर चोकको तरकारी बजारमा बिस्फोट गराएको प्रहरीले दाबी गरेका छन् । उक्त बिस्फोटमा परी तीन व्यक्ति समेत घाइते भएका थिए ।

पक्राउ परेका उनीहरुको साथाबाट ४ राउण्ड गोली, तीन थान सुतली बम र मोबाइल फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान भईरहेको छ ।