देश

विप्लप समूहका कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले पक्राउ

कास्की, भदौ ६–नेत्रविक्रम चन्द ‘विप्लप’ समूहका कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ।

सो समूहका जिल्ला इन्चार्जसहित दुई जनालाई आज बिहान ८ः०० बजे पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

पक्राउ परेका अर्का एकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। वाग्ले तनहुँबाट केही हप्ताअघि मात्र सो समूहको जिल्ला इन्चार्जको जिम्मेवारी लिएर खटिएको जानकारीमा आएको छ। पक्राउ परेकाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। सो समूहका जिल्ला सेक्रेटरी सुजन विकसमेत गत महीना पक्राउ परिसकेका छन्।