देश

प्रभु हेलिकोप्टरले १९ हजारमा गोसाइँकुण्ड घुमाउने

????????????????????????????????????
काठमाडौं, ७ कात्तिक-दसैँ-तिहारको अवसर पारेर गोसाइँकुण्ड घुम्न चाहनेलाई प्रभु हेलिकोप्टरले विशेष योजना सार्वजनिक गरेको छ । प्रभु हेलि सेवाले प्रतिव्यक्ति १९ हजार रुपैयाँमा गोसाँइकुण्ड यात्रा गराउने भएको हो ।

गुसाइकुण्ड यात्रा नामक उक्त प्याकेजमा काठमाडौंबाट दुईतर्फी यात्रा र गोसाइँकुण्डमा आधा घण्टा दृश्यावलोकन गराउने छ ।प्रभु हेलीको साथमा गोसाइकुण्ड यात्रामा भन्ने नारासहित सार्वजनिक गरेको प्याकेजमा यात्रुले कोरोना संक्रमणबाट सुरक्षित रहेको घुम्न तथा धार्मिक क्षेत्र गोसाइकुण्डको दर्शन गर्न सक्ने जनाइएको छ ।

कम्पनीले भर्खरै भित्र्याएको नयाँ एयरबस हेलिकाप्टर एच १२५ एएस ३५० बी ३ ईबाट यात्रा गराउने जनाएको छ । स्थापनाको पाँच वर्षमा नयाँ एयरबस हेलिकाेप्टरसँगै प्रभुसँग हेलिकाेप्टरको सङ्ख्या ६ वटा पुगेको छ ।

Featured