देश

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६० संक्रमित थपिए, ४८८ डिस्चार्ज

विराटनगर, ७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा चार सय ६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ६२, सुनसरीमा एक सय ३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा चार, तेहथुममा तीन, धनकुटा र खोटाङमा दुई÷दुई र प्रदेश १ बाहिरका चार जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा एक सय ३५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५४ महिला र ८१ पुरुष रहेका छन् । मोरङको पथरीशनिश्चरेमा ३८, कटहरीमा २३, सुनबर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा सात, रंगेलीमा छ, मिक्लाजुङमा चार, जहदामा तीन, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैचामा एक÷एक र स्थानीय तह नखुलेका आठ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा आठ, गढीमा दुई, बर्जु, हरिनगरा र दुहवीमा एक÷एक र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको विर्तामोड र भद्रपुरमा १०÷१०, मेचीनगरमा आठ, दमकमा सात, कनकाई, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, हल्दिबारी र स्थानीय तह नखुलेका एक÷एक जनामा संक्रमण देखिएको छ ।

उदयपुरको कटारीमा १० र स्थानीय तह नखुलेका एक, संखुवासभाको मादीमा चार, ते¥हथुमको छथरमा तीन, धनकुटामा दुई, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र साकेलामा एक÷एक र प्रदेश १ बाहिरका चार जनाको रिपोर्ट पोजिटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार चार सय ६८ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार चार सय ८८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट चार सय ७९, जिल्ला अस्पताल धनकुटाबाट आठ र मेची अस्पतालबाट एक जना डिस्चार्ज भएका हुन । हालसम्म ७ हजार एक सय १३ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा शुक्रबार एक हजार पाँच सय ८५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये एक सय ६० महिला र तीन सय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । प्रदेश १ मा हालसम्म१ लाख ५२ हजार पाँच सय ९६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Featured