विदेश

हरीरी पुनः लेबनानको प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी, ७ कात्तिक-लेबनानका पूर्व प्रधानमन्त्री साद हरिरी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरको अन्त्यमा राजीनामा दिएपछि हरिरीले पुनः प्रधानमन्त्री बन्ने मौका पाएका हुन् ।

लेबनानको राष्ट्रपतिको कार्यालयले हरिरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रीपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ ।  संसदमा उनलाई प्रधानमन्त्री निर्वाचित गराउने बेलामा भएको मतदानमा ६५ जनाले पक्षमा मतदान गरेका थिए भने ५३ जनाले मतदानमा भाग लिएका थिएनन् भने दुई जना अनुपस्थित रहेका थिए ।

Featured