देश

महँगियो सुन: रहर मेटाउन नक्कलीको भर

काठमाडौं, भदौ ६-सक्कली सुन महँगिए पनि नक्कलीका भने बिक्री ह्वात्तै बढेको छ। सुनको जलप लगाइएका गहनाको व्यापार दुई सातामै २५ प्रतिशतले बढेको छ।

झट्ट हेर्दा सक्कलीझैँ देखिने भएकाले सस्तोमा नक्कली सुनका गहना खरिद गर्ने बढेका छन्। महिलाहरुको महत्त्वपूर्ण चाड तीजको समयमै सुनको भाउ अकासिएपछि रहर मेटाउन पनि नक्कली सुन किन्ने बढेका छन्।

सितापाइलाकी सानु शाक्यले मखन टोलको सोना शृंगार पसलबाट नक्कली सुनको गहना किनेको बताइन्। ‘सुन महँगो भयो त्यसैले यो किनेर लगाउने, ’ उनले भनिन्, ‘सुन लाउनैपर्ने भो, अहिले महँगिएको अवस्थामा किन्न पनि नसकिने भो।’ सस्तोमा नयाँ डिजाइनको गहना फेरीफेरी लगाउन पाइने उनको अनुभव छ।

Featured