देश राजनीति

सरकार गैरजिम्मेवार बनेको भन्दै विप्लव माओवादीद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं, ५ कात्तिक-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकार जनताप्रति अनुत्तरदायी र गैरजिम्मेवार हुँदै गएको भन्दै नेकपाले कोणसभा, पर्चा वितरण र विरोध जुलुसका कार्यक्रम सार्वजनिक गरेको हो । नेकपा महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र उपचारमा केन्द्रित हुनुपर्नेमा स्वास्थ्य परीक्षणजस्तो संवेदशनील विषयमा पन्छिएको आरोप लगाइएको छ ।

नेकपाले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न माग गर्दै भनेको छ, ‘कोरोना महामारीका क्रममा ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दछ ।’

Featured