विदेश

अजरबैजानविरूद्धको लडाइमा आर्मेनियाका ७ सय २९ सैनिकको मृत्यु

एजेन्सी, ४ कात्तिक-अजरबैजानविरूद्धको लडाइमा आर्मेनियातर्फ मृत्यु हुने सैनिकको संख्या लगातार बढिरहेको छ । सोमवार मात्रै आर्मेनियाको सेनाले मृत्यु हुनेको सूचीमा १९ जना सैनिकको नाम थपेको छ ।

यसका साथै यो युद्धमा आर्मेनियाका तर्फबाट मृत्यु हुने सैनिकको संख्या बढेर ७ सय २९ पुगेको छ । आर्मेनियाको रक्षा मन्त्रालयले यसअघि नै यो संख्या पूर्ण नहुनसक्ने बताएको थियो । लगातार जारी युद्धमा मृत्यु भएकाको सूची ढिलागरी प्राप्त हुन सक्ने बताइएको छ ।

यद्यपि अर्को तर्फ अजरबैजानले आफ्नोतर्फ भएको क्षतिको विवरण दिएको छैन । राष्ट्रपति इलहाम एलियेवले एक अन्तर्वार्तामा हालै युद्ध अन्त्य भएपछि यो जानकारी सार्वजनिक गरिने बताएका छन् ।

Featured